Fri. May 3rd, 2024

वाफ च्याम्पियनसिपमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

भिओके समाचार/काठमाण्डू, २०८० फागुन १२ गते शनिबार । साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा शनिबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र प्यालेस्टाइन यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दा सिरियाले इराकको सामना गर्नेछ । त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समूह ‘ए’ बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयअनुसार बेलुकी सवा ९ बजे शुरु हुनेछ ।

Facebook Comments