Fri. May 10th, 2024

वीरगञ्ज र रौतहटको ईशनाथमा लागेको कर्फ्यू हट्यो

काठमाण्डू, २०८० फागुन १० गते बिहीबार । पर्साको वीरगञ्ज र रौतहटको ईशनाथमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाइएको छ ।

अवस्था सामान्य बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गएराति १० बजेदेखि पूर्णरूपमा कर्फ्यू हटाएको हो । गत साता बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा दुईपक्षबीच झडप भएको विषयमा वीरगञ्जमा पनि तनावको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू लगाएको थियो ।

यस्तै रौतहटको ईशनाथ नगरपालिकामा पनि हिजो बेलुकादेखि कर्फ्यु हटाइएको छ ।

ईशनाथ–७ घिउरा गाउँमा मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि गएको शनिवार प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो । अवस्था सामान्य बनेपछि हिजोदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments