Sun. May 19th, 2024

अल्जेरियामा हेलिकोप्टर दुर्घटनाः ३ जना सैनिकको मृत्यु   

अल्जियर्स, २०८० माघ २५ गते बिहीबार । अल्जेरियन वायुसेनाको हेलिकोप्टर बुधबार राति मध्य एल मेनिया प्रान्तमा दुर्घटना हुँदा त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।

सेनाको विज्ञप्तिमा जनाइए अनुसार एमआई-१७१ हेलिकप्टर एल मेनिया विमानस्थल नजिकै नजिकै राति प्रशिक्षण सञ्चालनको क्रममा दुर्घटना भएको थियो ।

अल्जेरियाका सेना प्रमुख सेड चेन्ग्रिहाले दुर्घटनाको छानबिन अगाडि बढेको जानकारी दिनु भएको छ । सिन्ह्वा

Facebook Comments