Sun. Apr 28th, 2024

हाईकू

- भवानी न्यौपाने "भावना"

✍️ भवानी न्यौपाने “भावना”
गाइने दाइ
आवाजबिहिन छ
सारङ्गी धुन ।
सङ्गीत बिना
शून्य भयो त्रिवेणी
प्रात र सन्ध्या ।
बतास दूर
परदेशियो मन
क्षितिज जस्तै ।
वृक्ष सुक्दैछ
अक्सिजन अभाव
रोक्किन्छ सास ।
स्वच्छ वायुले
स्पर्श विहिन लता
गल्दैछ आफैं ।
पूर्वीय यात्रा
अधिक लम्बियो झन्
वायुको वेग ।
पश्चिम तर्फ
बतास आगमन
कहिले बग्ला ?
निशा माधुर्य
प्रात रङ्गिबिरङ्गी
शिघ्र कामना ।
Facebook Comments