Mon. Apr 29th, 2024

अर्घाखाँचीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका-२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासे र सन्धिखर्क-८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्यको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

ढाकावाङबाट सन्धिखर्कका लागि छुटेको जीप सडकबाट करिब १५० मिटर तल खसेको स्थानीय टेकराज भुसालले बताउनुभयो । दुर्घटनामा पणेना-१ की कपिला खनाल पोख्रेल र शर्मिक पोख्रेल घाइते भएका छन् । उनीहरुको सन्धिखर्कमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments