Fri. May 3rd, 2024

अमेरिकामा कोरोना संक्रमणको जोखिम घटेन, ज्यान गुमाउनेहरुको संख्या १६ हजार ६ सय ९१ पुग्यो

- विश्वभरीमा कोरोना संक्रमणको कारण मृत्युहुनेहरुको संख्या ९६ हजार नजिक

काठमाडौं, २०७६ चैत २८ गते शुक्रबार

विश्वभरीनै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण अमेरिकामा मृत्युहुनेहरुको संख्या १६ हजार ६ सय ९१ पुगेको छ ।

तर यत्तिठूलो संख्यामा मानिसहरुको ज्यान गैसक्दा पनि संक्रमण घट्ने भन्दा बढ्दै गएको छ । विविसीका अनुसार अमेरिकामा हालसम्म ४ लाख ६८ हजार ५ सय ६६ जनामा संक्रमण देखिएको छ ।
अमेरिकाको सवै भन्दा ठूलो आर्थिक गतिविधी हुने न्यूयोर्क शहरमा मात्रै कोरोना भाइरसको कारण ७ हजार ६७ जनाको मृत्यु भैसकेको छ । पछिल्लो जानकारी अनुसार सो शहरमा १ लाख ६१ हजार ५ सय ४ जनामा कोरोना संक्रमण रहेको छ ।

विश्वभरीमा यस भाइरसबाट १६ लाख ३ हजार ७ सय १९ जना संक्रमित भैसकेकाछन् भने ९५ हजार ७ सय २२ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी ३ लाख ५६ हजार ६ सय ५५ जना उपचारपछि निको भएकाछन् ।

Facebook Comments