Sun. May 5th, 2024

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

विराटनगर, २०७६ कार्तिक १० गते आईतबार
आज तिहार पर्व अन्तर्गत यमपञ्चकको दोस्रो दिन देशैभरी कुकरतिहार भव्य रुपमा मनाईन्दैछ । यमपञ्चकभरि भगवान् विष्णुको वरदान पाएर बलि राजाले तीनै लोकमा शासन गर्ने हुनाले यस अवधिभर यमराजका साथै यमदूत तथा सहायक अनुचरले समेत पूजा र सम्मान पाउने धार्मिक एवं पौराणिक मान्यताअनुरुप आज यमराजको द्वारपाल मानिएको कुकुरलाई पूजा गर्ने र मीठो खानेकुरा खुवाउने गरिन्छ ।

कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ । पौराणिक मान्यता अनुसार मृत्युको अन्धकारमा जीवात्माले बाटो बिराएर भट्किनु नपरोस् भन्ने हेतुले दिवङ्गत व्यक्तिका नाममा नदी, खोला, धारा वा नजिकको जलाशयमा सालको पातको टपरीमा दीपमालिका सजाएर तेल र जलले स्नान गरी दीप प्रवाह गर्ने चलनअनुसार आज बिहान तारा नअस्ताउँदै जलमा दीपप्रवाह गर्ने कार्य सम्पन्न भयो ।

Facebook Comments