Wed. May 8th, 2024

रुसी यात्रुवाहक विमान साइबेरिया धावनमार्गमा चिप्लियो

भ्लादिभोस्टक, २०८० पुस २४ गते मंगलबार । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०:०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो । साइबेरिया विश्वकै चिसो क्षेत्र मध्ये एक हो । साइबेरियाको नोरिल्स्क विमानस्थल पालतो हिउँँले ढाकिएको र हुस्सुसमेत लागेको हुनाले अवतरण क्रममा विमान दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।

उक्त विमानमा चालक दलका  ८ जना  सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ । सिन्ह्वा

Facebook Comments