Mon. May 6th, 2024

महाप्रसाद अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त

काठमाडौं, २०७६ चैत २४ गते सोमबार

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

गभर्नर नियुक्त अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकास पाउनु भएका अधिकारीसँग राष्ट्र बैंकमा ३ दशक काम गरेको अनुभव छ ।

उहाँ यसअघि डा। चिरञ्जीवि नेपालसँगै गभर्नरमा सिफारिस हुुनुभएको थियो । तत्कालीन अर्थमन्त्री डा। रामशरण महतले उहाँलाई सिफारिस गरे पनि सुशील कोइराला नेतृत्वको सरकारले नेपाललाई गभर्नर नियुक्त गरेको थियो ।

नेपाल ५ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि अधिकारीले दोस्रो पटकमा गभर्नर बन्ने मौका पाउनु भएको हो। अनलाईन खबरबाट

Facebook Comments