Thu. May 2nd, 2024

लकडाउन वैशाख ३ गतेसम्म गर्ने सरकारको निर्णय

काठमाडौं, २०७६ चैत २४ गते सोमबार

सरकारले लकडाउनको समय थप गरेको छ । मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

Facebook Comments