Fri. May 10th, 2024

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नजिक, संक्रमितको संख्या १२ लाख नाघ्यो

- अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४८ जनाले ज्यान गुमाए

काठमाडौं, २०७६ चैत २३ गते आईतबार

महामारीको रुपमा विश्वभरी फैलिएको कोरोना भाइरसको कारण मृत्युहुनेहरुको संख्या ऐले विहानसम्म ६४ हजार ६ सय एकानब्बे पुगेको छ ।

त्यसैगरी संक्रमितहुनेहरुको संख्या १२ लाख १ हजार ४ सय ७३ पुगेको छ । विविसीका अनुसार हालसम्म २ लाख ४६ हजार ३ सय ८३ मानिस उपचारपछि फर्किएका छन् ।

विश्वको सर्वशक्तिमान देश अमेरिका कोरोना भाइरसको संक्रमणबाट नराम्ररी थलिएको छ । अत्याधुनिक हातहतियार उत्पादनदेखि चन्द्रमासम्म अधिकार जमाउन सफल अमेरिकी प्रशासनलाई कोरोना भाइरसले आच्छु आच्छु पारेको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ८ हजार ४ सय ५२ पुगेको छ भने संक्रमितहरुको संख्या ३ लाख १३ हजार ५७ जना रहेको छ । २४ घण्टामा अमेरिकामा यही भाइरसको कारण १ हजार ४८ जनाले ज्यान गुमाएकाछन् ।

स्पेनमा १ लाख २६ हजार १ सय ६८ जना संक्रमित रहेकाछन् भने ११ हजार ९ सय ४७ जनाको ज्यान गएको छ । इटालीमा १ लाख २४ हजार ६ सय ३२ जना संक्रमित छन् भने १५ हजार ३ सय ६२ जनाको ज्यान गएको छ ।

छिमेकी भारतमा हालसम्म ३ हजार ५ सय ८८ जनामा संक्रमण देखिएको छ भने ९९ जनाको ज्यान गएको छ ।

Facebook Comments