Sat. May 11th, 2024

चीनमा कोरोना भाइरसबाट मृत्युवरण गर्नेहरुप्रति राष्ट्रिय श्रद्धान्जली कार्यक्रमको आयोजना 

- प्रधानमन्त्री ओलीद्वारा ऐक्यबद्धता प्रकट

काठमाडौं, २०७६ चैत २२ गते शनिबार

शनिबार अप्रिल ४ तारिख चीनको समाधिस्थल सफाइ पर्व अर्थात् छिङ मिङ पर्व हो।

चिनियाँहरुले यस दिन मृत पुर्खालाई केही कुरा चढाउँछन्। यसै अवसरमा चिनिया जनताले नयाँ कोरोना भाइरसबाट गौरवपूर्ण मृत्युवरण गरेका शहीदहरू र कोरोनाबाट मृत्यु भएका सबै चिनियाँहरुप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्नका लागि राष्ट्रिय श्रद्धान्जली कार्यक्रमको आयोजना गरेको छ।

सो कार्यक्रम अनुसार देश र विदेशका लागि चिनिया राजदूतावास तथा वाणिज्यदूतावासमा झण्डा आधा झुकाउनुका साथै सबै सार्वजनिक मनोरञ्जनात्मक कार्यक्रमको बन्द गरिएको थियो । शनिबार बिहान दश बजेदेखि सम्पूर्ण चिनियाँले शोक मनाउन तीन मिनेट मौनधारण गर्नुका साथै कार,रेल,जहाज र हवाई रक्षाको घण्टी बजाएका थिए। चीनले शहीदलाई नै राष्ट्र,समाज र जनताका लागि ज्यान गुमाउने नागरिकको सबैभन्दा सम्मानित उपाधि मान्दछ।

हु पै प्रान्तीय सरकारले नयाँ कोरोना भाइरस संक्रमित निमोनियाको रोकथाम तथा नियन्त्रणको सबैभन्दा अग्रपंक्तिमा रहेर प्राण आहूति दिएका १४ जनालाई शहीदको उपाधि प्रदान गरेको छ। उक्त माहामारी नयाँ चीन स्थापनापछिको सबैभन्दा तीव्र, संक्रमण दायरा सबैभन्दा ठूलो र रोकथाम तथानियन्त्रण काम सबैभन्दा गाह्रो भएको महत्वपूर्ण सार्वजनिक स्वास्थ्य घटना हो।

अप्रिल ३ तारिखसम्म चीनमा नयाँ कोरोना भाइरस संक्रमित निमोनियाबाट हङकङका ४ र थाइवानका ५ जना गरी ३ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ।

कोरोना भाइरसको सामना गर्दा गर्दै दिवङ्गत चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा सहानभूति एवं समवेदना प्रकट गर्न चीन सरकारले आज आयोजना गरेको राष्ट्रिय शोक दिवसका सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट चीनप्रति ऐक्यबद्धता जनाउनुभएको हो।

सीआरआई नेपाली सेवाबाट

Facebook Comments