Mon. May 20th, 2024

प्रदेश, जिल्ला र स्थानीय तहबीचको आवतजावतमा कडाइ गरिने

- कोरोनाको त्रास

काठमाडौं, २०७६ चैत २२ गते शनिबार

अब एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताउनुभयो । त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा रयापिड टेस्ट मार्फत संक्रमण पत्तालगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको डा. खतिवडाले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाध पु¥याउनेलाई कारवाही गर्ने लगायतका निर्णय भएको डा.खतिवडाले बताउनुभयो भनि गोरखापत्र अनलाईनले समाचार प्रकाशित गरेको छ ।

Facebook Comments