Fri. May 10th, 2024

स्पेनमा कोरोनाको आतंक, १० हजार ९ सय ३५ जनाको मृत्यु

- अमेरिकामा २४ घण्टामा १ हजार २ सय जनाको ज्यान गयो

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

स्पेनमा कोरोनाको आतंक, १० हजार ९ सय ३५ जनाको मृत्यु स्पेनमा कोरोना भाइरसको संक्रमणको कारण आज शुक्रबार मात्रै ९ सय ३२ जनाको मृत्यु भएको छ ।

इटाली पछि विश्वमै सबै भन्दा धेरै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या स्पेनको रहेको छ । त्यहाँ १ लाख १७ हजार ७ सय १० जना कोरोना भाइरसका संक्रमित छन् ।

यसैगरी अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय जनाको मृत्यु भएको छ । पछिल्लो आँकडा अनुसार अमेरिकामा २ लाख १७ हजार मानिसहरु कोरोना भाइरसको संक्रमणमा छन् ।

हालसम्म विश्वमा कोेरोना भाइरसले ५५ हजार १ सय ७८ जनाको मृत्यु भैसकेको छ । विविसी

Facebook Comments