Fri. Apr 26th, 2024

आजदेखि हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ ।

विराटनगर, २०७६ कार्तिक ९ गते शनिवार

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार मनाइन्छ ।पाँच दिनसम्म मनाईने भएकाले यमपञ्चक पनि भनिने यस पर्व अन्तर्गतको पहिलो दिन आज कागतिहार हो । धार्मीक मान्यताअनुसार यमराजको सन्देशवाहकको रुपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिई सत्कार गरियो ।

तिहार पर्वलाई वैदिक कालमा भगवान विष्णुले खुसी भई बलि राजालाई कार्तिक कृष्ण पक्षका अन्तिम ५ दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बलि राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ । यसो गरेमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् साथै यमराज पनि खुसी हुन्छन् भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ ।

यसैबीच तिहारको लागि चिनि, मरमसला, तेल, लुगाफाटो, विभिन्न प्रकारका विद्युतिय वत्ति आदिको खरिद गर्न पूर्वी नेपालको धरान, इटहरी, वेलवारी, दमक, पथ्री, ईनरुवा, विराटनगर लगायतका क्षेत्रका मानिसहरुको घुईचो समावर्ती जोगवनी वजारमा बढेको छ । नेपाली वजारमा भन्दा सस्तो मुल्यमा सामान पाईने भएकोले पनि स्थानियहरुको घुईचो जोगवनीमा बढेको व्यवसायीहरु बताउछन् ।

Facebook Comments