Fri. May 3rd, 2024

स्वास्थ्य सामाग्री ल्याउन सेनाले थाल्यो तयारी

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

सरकारले कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य जन्य सामग्री उपकरण खरिद तथा ढुवानीको जिम्मा सेनालाई दिने निर्णयगरेसंगै नेपाली सेनाले आवश्यक तयारी शुरु गरेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले राज्य तथा सरकारले सुम्पेको जिम्वारी ईमान्दार पूर्वक वहन गर्न सेना तयार रहेको बताउनुभयो । खरिद तथा ढुवानीको जिम्मा सेनालाई दिने निर्णय भएको खवर आएको छ, उहाँले भन्नुभयो-कसरी ल्याउने र कहाँबाट ल्याउने भन्ने विषयमा आवश्यक छलफल र तयारी हुदैछ ।

उहाँले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका विषयमा चीन सरकार र दक्षिण कोरिया सरकारसँंग पनि छलफल हुन सक्ने जनाउ दिनुभयो । यस विषयमा नेपालका लागि चिनियाँ राजदूत र दक्षिण कोरियाका राजदुतसंग छलफल गर्न सकिने स्पष्ट पार्नुभयो ।

ओम्नी समूहले औषधि खरिद गरी स्तरीय सामग्रीहरू समयमा ल्याउन नसकेको भन्दै सरकारले बुधबार सम्झौता रद्द गरेको थियो । त्यससंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरी रक्षा मन्त्रालय अन्तरगत सेनालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको आरोप पनि ओम्नीलाई लागेको छ । सरकारले ‘जी टु जी मार्फत सामग्री ल्याउने जिम्मेवारी सेनालाई दिने तयारी गरेको हो । छाउनीमा रहेको कोभिड-१९ क्राइसिस म्यानेजम्याण्ट सेण्टर (सिसिएमसी) ले यस विषयमा छलफल गर्दै छ, प्रवक्ता पाण्डेले भन्नुभयो-स्पष्ट निर्देशन आउने वित्तिकै काम हुरु हुन्छ ।

मुलुकमा संकट आइपरेका वेला सेना पछाडि हट्ने कुराको कल्पना नै गर्न सकिदैन, उच्च सैनिक अधिकारी भन्छन्आ-वश्यक सहजीकरणको वातावरण सरकारले नै निर्माण गरिदिनु पर्छ ।

सेनाले जी टु जी मार्फत नेतृत्व तहमा नै छलफल गरी पिपिई, कोरोना किट्स र माक्स लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउने कार्यमा विलम्ब गर्नु हुँदैन । प्रधानसेनापति पूर्णचन्द्र थापाबाट समेत यस विषयमा इमान्दार पूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन भइसकेको जनाइएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments