Tue. May 14th, 2024

भारतीय प्रधानमन्त्री मोदीद्वारा जनतालाई दीपावली गर्न आग्रह

- कोरोना विरुद्धको अनौठो अभियान

काठमाडौं, २०७६ चैत २१ गते शुक्रबार

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले शुक्रबार विहान एक भिडियो सार्वजनिक गर्दै अप्रिल ५ तारिख राती भव्य दीपावली गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले भिडियो सन्देशमा भारतीय जनतालाई अप्रिल ५ तारिख राती ९ बजेदेखि ९ मिनेटसम्म घरको वत्ति निभाएर घरको मुख्य ढोका अथवा वार्दलीमा मैनवत्ती, दियो, टर्च अथवा मोवायलको वत्ती बाल्न आग्रह गर्नुभएको छ ।

भिडियो सन्देशमा मोदीले भन्नु भएको छ, “कोरोना भाइरस महामारीको समयमा लगातार उज्यालोतिर लम्कनु छ, साथै यस समस्याबाट सबैभन्दा बढी प्रभावित गरीव जनतामा निराशाको ठाउँमा आशा जगाउनु छ ।”

” कोरोनारुपी शंकटबाट जुन अन्धकार र अनिश्चितता जन्मिएको छ त्यसका विरुद्ध उज्यालेतिर लम्किनु छ । यसलाई पराजित गर्नको लागि उज्यालोको शक्तिलाई चारैतिर फिँजाउनु छ । त्यसैले ५ अप्रिलको राती हामी सबै मिलेर कोरोना शंकटलाई चुनौती दिनुपर्छ ।” देशवासीका नाममा जारी गरिएको सन्देशमा प्रधानमन्त्री मोदीले भन्नु भएको छ ।

प्रधानमन्त्री मोदीले ५ अप्रिलको राती १ अर्ब ३० करोड भारतीय जनताको संकल्पलाई नयाँ उचाईमा लिएर जानु पर्ने बताउनु भयो । उहाँले जोड दिँदै भन्नुभयो, “५ अप्रिल आईतबार राती ९ बजे म यहाँहरु सबैबाट ९ मिनेटको समय माग्दछु । सो रातको ९ बजे घरको वत्ति निभाएर घरको मुख्य ढोका अथवा वार्दलीमा उभिएर मैनवत्ती, दियो, टर्च अथवा मोवायलको वत्ती बाल्न आग्रह गर्दछु । ” उहाँले भन्नुभयो, यसले उज्यालोको महाशक्ति प्रकट हुनेछ, त्यो उज्यालोसँगै हामी संकल्प गरौं कि हामी एक्लै छैनौं ।”

प्रधानमन्त्री मोदीको भिडियो सार्वजनिक भएसँगै केही विपक्षी दलका नेताहरुले प्रधानमन्त्री मोदी लकडाउनको विसम परिस्थितीमा गरिव जनताको समस्याको समाधानतिर लाग्नुको साटो जनतालाई तालिबजाउन र थाल ठटाउन प्रेरित गरिरहेको भन्दै चर्को आलोचना गरेका छन् ।

 

Facebook Comments