Tue. May 14th, 2024

निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना भाइरस

काठमाडौं, २०७६ चैत २० गते बिहीबार

एकमहिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।

जमातमा भाग लिएका करिब चारसयजनालाई कोरोना भाइरस देखिएको छ भने करिब नौहजारलाई भारत सरकारले क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेको छ । कोरोना भाइरसको मुख्य केन्द्रको रुपमा परिचित भारतको तमिलनाडुमा फेला परेको ७५ कोरोना भाइरसका विरामी मध्ये ७४ जना जमातमा भाग लिएर फर्केका थिए ।

बुधबार मात्रै अहिलेसम्मकै बढी एकैदिन भारतमा ३०० जना संक्रमित भएको तथ्यांक बाहिर आएको छ । सो भाइरसका कारण अहिलेसम्म दुईहजार संक्रमित र ५० जनाको मृत्यु भइसकेको छ । यसैबीच, विहार राज्यमा तीनजना नयाँ संक्रमित फेला परेका छन् ।

गोपालगन्जका दुई र सिवानका एकजनालाई संक्रमण देखिएको छ भने तीनजना विदेशबाट भारत फर्केका थिए । एजेन्सी

Facebook Comments