Sun. May 19th, 2024

छटौं कारोना संक्रमित बागलुङकै ६५ वर्षीया महिला

- अस्पताल ल्याइँदै, स्वास्थ्यमा समस्या छैन

काठमाडौं, २०७६ चैत २० गते बिहीबार

नेपालमा कोरोना संक्रमित छैटौं व्यक्ति बागलुङ्कै ६५ वर्षिया महिला रहेको थाहा भएको छ ।

ति महिला यस अघि चैत ४ गते कतार एयरको उडान नं क्यू आर ६५२बाटै नेपाल आएको र यस अघि संक्रमण फेला परेकी बाग्लुङको युवतीसँगै यात्रा गरेको पुष्टि भएको छ ।

उहाँले बेल्जियममा रहेका आफन्तलाई भेटगरी फर्कनु भएको र ती युवतीसँगै प्लेन चडेर पोखरा हुँदै बाग्लुङ पुग्नु भएको थियो । निजमा महिलामा अहिलेसम्म पनि कुनैै लक्षण नदेखिएको भए पनि उहाँलाई अहिले बाग्लुङ अस्पतालमा ल्याउने तयारी भएको यसबारे छलफल भई रहेको धवलागिरी अञ्चल अस्पताल विकास समितिका सदस्य शालिकराम शर्माले बताउनुभयो ।

निजको घर अस्पतालबाट ५ मिनेटको दुरीमा रहेको पनि बताइएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments