Sat. Apr 18th, 2026

सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

       

काठमाण्डू, २०८० भदौ २९ गते शुक्रबार । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकले शर्मालाई बोलाएर सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको हो ।

यसअघि बिनोद शर्माबिरुद्ध उजुरी गर्न १० दिनको सार्वजनिक सुचना जारी गरेपनि उहाबिरुद्ध कुनै उजुरी प्राप्त नभएपछि समितिले सिधै सुनुवाई गरेको थियो ।समिति सभापति पशुपतिशम्शेर राणाले न्याय परिषदको पत्रानुसार शर्मालाई सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशमा सिफारिस गरेबमोजिम संसदीय सुनुवाई गरेर शर्माको नाम सर्वसम्मतले अनुमोदन गरिएको जानकारी दिनुभयो ।

रासस त्यसअघि सुनवाईका क्रममा प्रस्तावित न्यायाधीश शर्माले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्ने, प्रभावकारी कानूनी उपचारको व्यवस्थामा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मासात गर्दै आफुले कार्यसम्पादन गर्ने समेत उहाले बताउनुभयो । उहाले न्यायालयप्रति जनताको विश्वास कायम गर्न पनि प्रभावकारी रुपमा काम गर्ने जिकिर गर्नुभयो ।

न्यायपरिषद्को गत भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

Facebook Comments