Mon. May 20th, 2024

एमसीसी सम्झौताकार्यान्वयन विरुद्ध प्रगतिशिलतथा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा, सम्झौताकार्यान्वयनहुननदिने उद्धघोष

काठमाण्डू, २०८० भदौ ११ गते सोमबार । अमेरिकी सहयोग परियोजना(एमसीसी)कार्यान्वयनहुने दिननजिकिँदै गर्दा सो सम्झौतालागु हुननदिने भन्दै सम्झौताकार्यान्वयन विरुद्ध प्रगतिशिलतथा राष्ट्रवादी शक्तिहरुले एक ठाउँमाउभिने उद्धघोष गरेका छन् ।

नेत्रविक्रमचन्द“विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज काठमाण्डूको राष्ट्रिय नाचघरमाआयोजना गरेको अन्तरक्रियाकार्यक्रममाबोल्दै वक्ताहरुलेएमसीसीका विरुद्ध देशव्यापी रुपमाआन्दोलन चर्काउने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्नुहुँदै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफुहरु अमेरिका र अमेरिकी जनताको विरोधी नभएको तर एमसीसी का शर्तमार्फत नेपालमा लाद्न खोजिएको साम्राज्यवादका विरुद्ध उभिएको बताउनु भयो ।

प्राध्यापक डाक्टर युवराज संग्रौलाले एमसीसी सम्झौता संसदबाट पास गराएर नेपालीजनतालाई नेताहरुले कमजोर बनाएको बताउनु भयो । अमेरिकासँग गरिएको एमसीसी सम्झौताअनुसार एमसीए नेपालले प्राप्त गरेजस्तै तटस्थताको हकचीन र भारतले माग गरे भने राजनीतिकदलका नेताहरु के गर्नुहुन्छ भन्दै संग्रौलाले प्रश्न गर्नुभयो ।

नेपाली सेनाकापूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी अमेरिकी सहयोग नभएर लगानीहो भन्नु हुँदै नेपालीजनताको चाहना विरुद्ध ल्याईएको एमसीसी परियोजना नेपालीजनताकालागिकाल समानहुने चेतावनीदिनुभयो ।

कार्यक्रममाबोल्नु हुँदै नेपाल कम्युनिष्ट पार्टीका महासचिवनेत्र विक्रमचन्द“विप्लव”ले देशमाथिइतिहासकै ठुलो साम्राज्यवादी हमला हुनलागेको भन्दै राष्ट्रियताको रक्षाका लागि प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताउनु भयो । एमसीसी २१ औँ शताब्दीको साम्राज्यवादी उपनिवेश भएको जिकिर गर्दै विप्लवले त्यसो खारेजीको लागि सडक सङ्घर्ष गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments