Fri. Apr 19th, 2024

त्रिविले लिने सबै परीक्षा शुक्रबारबाट स्थगित

काठमाडौं, २०७६ चैत ६ गते बिहीबार

त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिनुभयो ।

विश्वविद्यालयले नियमित पठनपाठन पनि चैत मसान्तसम्म बन्द गर्ने निर्णय लिएको छ । कोरोनाको प्रभाव हेरेर विश्वविद्यालयले परीक्षा र कक्षा सञ्चालनका विषयमा निर्णय लिने जानकारी त्रिविले दिएको छ । चैत ६ गतेको परीक्षा भने त्रिविले यथावत् रुपमा लिएको छ । गोेरखापत्र अनलाईनबाट

Facebook Comments