Fri. Jun 26th, 2026

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस

प्रभातफेरी कार्यक्रम दाङ, १२ असारः लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार घोराही बजारमा निकालिएको प्रभातफेरी कार्यक्रमका सहभागी । तस्बिरः कुलदीप न्यौपाने/रासस

       

काठमाण्डू । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । लागुऔषधले समाजमा पारिरहेको गम्भीर असरबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो दिवस मनाइँदै छ ।

राष्ट्रसङ्घको महासभाले सन् १९८७ डिसेम्बर ७ मा एक प्रस्ताव पारित गरी हरेक वर्ष जुन २६ मा यो दिवस मनाउन प्रारम्भ भएको हो । लागुऔषध दुरुपयोगमुक्त अन्तरराष्ट्रिय समाज निर्माण गर्ने लक्ष्यका साथ अन्तरराष्ट्रिय सहयोग र साझा प्रयासलाई सुदृढ बनाउने प्रतिबद्धताका रूपमा यो दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला दशकमा विश्वभर लागुऔषधको प्रयोग र बजारमा उपलब्ध लागुऔषधको सङ्ख्या निरन्तर बढिरहेको छ । राससका अनुसार कोकिनको उत्पादन, बरामद र प्रयोगमा पनि वृद्धि भइरहेको छ भने कम लागतमा उत्पादन गर्न सकिने तथा पत्ता लगाउन कठिन हुने कृत्रिम लागुऔषधको अवैध कारोबार पनि विस्तार भइरहेको छ ।

Facebook Comments