Tue. May 7th, 2024

कोराेना विरुद्ध लड्न संयुक्त प्रयासमा सार्क नेताहरूको जोड

काठमाडौं, २०७६ चैत २ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले केन्द्रीय तथा प्रदेशस्तरमा अनुगमन संयन्त्रहरू गठन गरी कोरोना भाइरसको संक्रमण फैलन नदिन काम गरिरहेको बताउनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना भाइरस (कोभिड-१९) विरुद्ध साझा रणनीति तय गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले याे क्षेत्र केराेना संक्रमणका दृष्टिकाेणले उच्च जाेखिममा रहेकाे उल्लेख गर्दै याे संयुक्त समस्या भएकाले याे विरूद्ध लड्रन साझा प्रयास आवश्यक रहेकाे कुरामा जाेड दिनुभयाे ।

साथै प्रधानमन्त्री ओलीले सीमा क्षेत्रका अस्पतालहरूलाई दुइदेशबीच हुने आवतजावतका क्रमममा संभावित संक्रमितकाे पहिचान र उपचारका लागि प्रयाेग गर्न सकिने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि अन्तर्राष्ट्रिय स्तरबाट हुने आवतजावतमा कडाइ गरिएको पनि जानकारी गराउनुभयो । साथै, उहाँले नेपालमा एउटा आयातित ‘केस’ बाहेक अरु कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नपाइएको बताउनुभयो ।

साथै काेराेनाकाे संक्रमणबाट जाेगिन हात मिलाउनुकाे साटाे हाम्राे परम्परागत नमस्कार विधिलाइ अपनाउन आग्रह गर्नुभयाे । उहाँले सो अवसरमा आफ्नो शिघ्र स्वास्थ्य लाभका लागि व्यक्त गर्नु भएको शुभकामनाका लागि सबै नेताहरू धन्यवाद दिनुभयो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले भिडियो संवाद गर्नुभएको हो । सो छलफलमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले गरेको प्रयासबारे चर्चा गर्नुभएको थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments