Fri. Apr 26th, 2024

तराई-मधेसमा फागुपूर्णिमा(होली)को भव्यता:फोटो फिचर

काठमाडौं, २०७६ फागुण २७ गते मंगलबार

फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङहरुको प्रयोग गरी एक–अर्कालाई रङ र अविर दलेर भव्य रुपमा मनाउने गरिन्छ। फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजा लिने गर्छन्। होलीलाई पुरानो मनमुटाव बिर्सेर एक-आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने पर्वका रुपमा होली अर्थात फागु सोमवार काठमाडौ उपत्यका सहितकका पहाडी जिल्लाहरुमा मनाईयो भने आज मङ्गलवार देशका तराई मधेसका विभिन्न जिल्लाहरुमा भव्य रुपमा विभिन्न रङ दल्दै र पानी छ्याप्दै मनाइएको छ। तराई मधेसमा आज मनाईएको फागुपूर्णिमा होलीका तस्विरहरु……

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित

Facebook Comments