Wed. May 8th, 2024

चिनियाँ राष्ट्रपति सिद्वारा प्रम ओलीलाई सुस्वास्थ्यको कामना

काठमाडौं, २०७६ फागुण २५ गते आईतबार

चिनियाँ राष्ट्रपति सि चिन पिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुस्वास्थ्य, दीघार्युको कामना गर्नुभएको छ ।

हालै दोश्रो पटक मिर्गाैला प्रत्यारोपण गर्नुभएका प्रम ओलीलाई सुस्वास्थ्यको कामना गर्नुहुँदै एक विज्ञप्ति प्रकाशित गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाईनका अनुसार ‘‘चीनका राष्ट्रपति सी जिन्पिङले एक सन्देश पठाउँदै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक एकाउन्ट यस्तो विवरण सार्वजनिक गर्नुभएको हो ।

Facebook Comments