Thu. Jun 11th, 2026

नइ बाल पुरस्कार नौ जनालाई

       

काठमाडौं, २०७६ फागुण २१ गते बुधबार

नइ प्रकाशनले आआफ्ना क्षेत्रका उल्लेखनीय काम गर्ने नौ जना बालबालिकालाई २०७६ सालको ‘नइ देरूनीखपू बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले भारतमा सम्पन्न विश्व बाल हाजिरी जवाफ प्रतियोगितामा एशिया महादेशबाट प्रथम र विश्वमा तेस्रो भई नेपालको प्रतिष्ठा बढाउने घटराज मेमोरियल स्कुलका विनम पोखरेल र कीर्ति पोखरेललाई नइ देरूनीखपू बाल पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साहित्यतर्फ आयुष्मा तिवारी, चित्रकलातर्फ सन्ध्या खत्री, सङ्गीततर्फ दृष्टिविहीन प्रोसेस पाण्डे र नृत्यतर्फ लुश्वान मानन्धरलाई ‘नइ देरूनीखपू बाल पुरस्कार समर्पण गरिने भएको छ ।

यी छ वटै पुरस्कारका राशि जनही दस हजार रुपियाँ रहेका छन् ।

यसै गरी गायिका रेवती महर्जन र नृत्यकार सुप्रिया विष्टलाई जनही सात हजार रुपियाँ राशिको ‘नइ देरुनीखपु कोपिला पुरस्कार’ समर्पण गरिने भएको छ ।

साथै चार वर्षीय कृति राईलाई पाँच हजार रूपियाँ राशि र ताम्रपत्रका साथ नइ देरूनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा उहाँबाटै आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरु समर्पण गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read