Wed. Feb 18th, 2026

अर्थमन्त्री डा.खतिवडाद्वारा मन्त्री पदबाट राजिनामा

       

काठमाडौं, २०७६ फागुण २० गते मंगलबार

अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिनुभएको छ ।
उहाँको राष्ट्रिय सभा सदस्य पद भोलिबाट समाप्त हुने भएकाले आजैबाट राजिनामा दिनु भएको हो ।

राष्ट्रपति कार्यालयले जारी गरेकाे प्रेस विज्ञप्तिमा उहाँले सम्हाल्दै आउनु भएको मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नु हुने उल्लेख छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments