Sat. Apr 20th, 2024

सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्ड, प्रतितोला रु ८० हजार ३००

काठमाडौं, २०७६ फागुण १२ गते सोमबार

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनमा मात्रै प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ । स्थानीय बजारमा सोमबार छापावाल सुन प्रतितोला रु ८० हजार ३०० मा कारोबारभई नयाँ रेकर्ड कायम गरेको हो । आइतबार छापावाला सुन रु ७८ हजार ८०० मा कारोबार भएको थियो । यो आइतबारको तुलनामा रु एक हजार ५०० ले बढी हो ।

यस्तै तेजावी सुन प्रतितोला रु ८० हजारमा कारोबार भइरहेको छ । आइतबार यो प्रतितोला रु ७८ हजार ५०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आइतबार प्रतितोला रु ९२० मा कारोबार भएकोमा सोमबार प्रतितोला रु ९२५ मा कारोबार भइरहेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments