Fri. Sep 20th, 2024

प्रदेश-२ मा सरकार परिवर्तन हुने प्रचण्डको संकेत

जनकपुरधाम, २०७६ फागुण ११ गते आईतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ मा सरकार परिवर्तन हुनसक्ने संकेत गर्नु भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा)सँग कुरा मिले लगत्तै प्रदेश २ मा सरकार परिवर्तन हुने उहाको भनाई छ । मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको आइतबार उद्घाटन समारोहमा पुगेका प्रचण्डले यस्तो संकेत गर्नु भएको हो ।

‘राजपा नेपालसँग आन्तरिक गृहकार्य भइरहेकाले कुरा सम्पन्न भएलगत्तै प्रदेशमा सरकार फेरिन्छ’, प्रचण्डले भन्नु भयो । लामो धार्मिक यात्राको रुपमासमेत परिचित यस परिक्रमामा सहभागी हुने अवसर पाउँदा खुसी लागेको प्रचण्डले बताउनु भयो ।

‘मिथिला मध्यमा परिक्रमाको पडावस्थलमा धर्मशाला, खानेपानी, शौचालय र सडकको स्तरोन्नती गर्नुपर्दछ,’ प्रचण्डले भन्नु भयो, ‘परिक्रमा क्षेत्रको विकास गर्न संघीय सरकारले विशेष योजना ल्याउने तयारी गरिरहेको छ ।’ अन्नपूर्ण पोष्ट अनलाईनबाट

Facebook Comments