Sat. Apr 27th, 2024

क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्, ‘ हामी सुरक्षित छौं’

काठमाडौं, २०७६ फागुण ४ गते आईतबार

चीनबाट नेपाल फर्काइ क्वारेन्टाइनमा रखिएका नेपालीहरुले आफूहरु सुरक्षित भएको सुनाएका छन्। नेपाल विद्युत प्राधीकरण तालिम केन्द्र खरिपाटी भक्तपुरस्थित क्वारेन्टाइनमा रहेका उनीहरुले नेपाल पुगेपछि पनि आफूहरुले विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रि«य मापदण्ड अनुसार सेवासुविधा पाएकोमा खुशी व्यक्त गरे। नेपाल जस्तो देशले पनि आफूहरुले सोचे भन्दा बढी सेवासुविधा दिएर राखेको भन्दै  नेपाल सरकारप्रति आभार प्रकट गरे।

क्वारेन्टाइनमा रहेका नेपालीहरुले टेलिफोनमा नागरिकसँंग भने, ‘हामी सबैजना ठिक छौं, यहाँं सबै कुरा ठिकठाक छ। त्यसकारण कसैले केही पनि चिन्ता लिनुपर्ने अवस्था छैन।’ उनीहरुले आफूहरुप्रति चिन्ता लिएर सहानुभूति प्रकट गरेकोमा सबै नेपालीप्रति पनि धन्यवाद ज्ञापन गरे।

उनीहरुले क्वारेन्टाइनमा राखिएको पहिलो दिन नै आफूहरु सबैको आवश्यक परिक्षणका लागि खकार र सिगान लगिएको जानकारी पनि गराए। साथसाथै स्वास्थ्य टोलीले नियमित निगरानीमा राखेको पनि जनाए। यस्तै, त्यहाँं रहेका  सबैलाई सुरक्षाको दृष्टिले अपनाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरु उपलब्ध गराइएको बताए।

होचांग युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा पीचएडी अध्ययनरत रही हाल क्वारेन्टाइनमा रहेका दिगम्वर खोतेजाले नेपाल आएपछि थप हाइजेनिक (स्वस्थ) खाना खान पाएकोमा विशेष आभार व्यक्त गरे। ‘हामीलाई यहाँं खानादेखि सबैकुराको राम्रो बन्दोबस्त छ, उनले भने, ‘आवश्यकता अनुसार स्वास्थ्यकर्मीको टोलीले नियमित चेकजाँंच गरिराहेको छ।’ उनले आफूहरु क्वारेन्टाइनमा रहेको क्षेत्र चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रलगायतले पनि टेलिफोन सम्पर्क गरी चासो देखाइरहेकोमा धन्यवाद व्यक्त गरे।

आफूहरुभित्र रमाइलोसँंग बसिरहेको उनीहरुले बताए। कोही पढेर, कोही खेलेर त कोही खुला ठाउँं भएकोले निश्चित क्षेत्रमा हिडडुल गरेर रमाइलो गरिरहेको जानकारी उनले गराए। रमाइलोको लागि खेलकुदलगायतका विभिन्न सामग्रीहरु रहेकोले आफूहरुलाई दिन बिताउन पनि सहज भएको उनीहरुले बताए। क्यारेमलगायतका खेल खेली आफूहरु रमाइलोसँंग बसिरहेको भन्दै उनीहरुले चिन्ता नगर्न सबैसँंग आग्रह समेत गरे।

खाना तयार भएपछि घण्टीबाट जानकारी हुने र त्यसपछि मिलाएर लिन गई खाने बन्दोबस्त रहेको उनीहरुले जनाए। क्वारेन्टाइन व्यवस्थापक सागर दाहालले क्वारेन्टाइनभित्र मात्रै नभई सबैतिर व्यवस्थित पारेको जनाए।
खरिपाटी क्वारेन्टाइनमा एक सय ७५ जना छन्, जसमा एक सय ३५ पुरुष र ४० महिला रहेका छन्। उनीहरु आइतबार बिहान ६ बजे त्यहाँं पुगेका थिए। उनीहरुलाई लिन गएको विमानको पाइलट, कोपाइलट, परिचारिका तथा स्वीपरसहित १७ जना भने नगरकोटस्थित खानेपानी तालिम केन्द्र क्वारेन्टाइनमा छन्। उनीहरुलाई बिहान ६ बजेर ३५ मिनेटमा त्यहाँंबाटमाथि खानेपानी तालिम केन्द्रमा लगिएको बताइएको छ।

पसलहरु बन्द, सबैतिर सुनसान
निरन्तरको चर्काे विरोधका बावजुद पनि क्वारेन्टाइन राखेपछि स्थानीय त्रसित छन्। बरिपरिका सबै पसलहरु बन्द छन्। नगरकोट पुग्ने यो सडक खण्डमा पर्ने क्वारेन्टाइन क्षेत्रका आसपासका सबै पसलहरु आइतबार साँंझसम्म पनि बन्द नै थिए। त्यहाँं आसपास एक दर्जन पसलहरु थिए। क्वारेन्टाइन बनाइएको खरिपाटी क्षेत्र भक्तपुरको कमलविनायकबाट नगरकोट पुग्ने सडक खण्डमा पर्छ। यो ठाउँं भक्तपुरको कमलविनायकबाट करिब दुई किलोमिटरमाथि नगरकोट जाने बाटोमा रहेको छ।

स्थानीयका अनुसार त्रासले आधा दर्जन भन्दा बढी परिवारहरु घर छोडेर अन्यत्र बस्न गएका छन्। स्थानीय लक्ष्मण लामिछानेले आफूहरुसहित आधा दर्जनको संख्याका परिवारहरु अन्यत्र सरेको बताए। गाइवस्तु रहेका स्थानीय भने चाहेर पनि बसाई सर्न नसकेको बताएका छन्।

छैन सूचना केन्द्र
सञ्चारकर्मीका जानकारी दिनका लागि सूचना डेक्स राख्ने भने पनि सूचना केन्द्रको व्यवस्था छैन। ‘बिहानदेखि पत्रकारको हुल आइरहेर दिनभरि सोध्ने क्रमले हामी हैरान छौं, क्वारेन्टाइन प्रवेश गर्ने गेटमा रहेका एकजना सुरक्षाकर्मीले भने, फेरि हामीलाई भित्रको कुरा पनि पूर्ण रुपमा थाहा छैन।’ आधिकारिक जानकारीको अभावमा पत्रकारहरु अलपत्र देखिएका थिए।

क्वारेन्टाइन प्रवेश गर्ने गेटबाहिर एउटा हेल्थ डेस्क भने राखिएको छ। सरकारले नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थासँंग संयुक्त रुपमा डेस्क राखिएको उल्लेख छ। त्यहाँं केही स्वयमसेवकले नोभेल कोरोना भाइसर सर्वसाधारणका लागि जनचेतनामूलक सन्देश लेखिएको पर्चा वितरणका लागि राखिएका छन्।

हटाइयो विरोध व्यानर
स्थानीयले विरोधस्वरुप क्वारेन्टाइन क्षेत्र विद्युत तालिम केन्द्र प्रवेश गर्ने ठाउँंमा राखिएको विरोध व्यानर हटाइएको छ। वस्तीकोबीचमा रहेको यो क्षेत्र क्वारेन्टाइन क्षेत्र बनाउन उपयुक्त नभएको भनी बाच्न पाउन सबै नागरिकको अधिकार हो शीर्षक लेखी कालो कपडामा लेखेर टाँंगिएको व्यानर शनिबार झिकिएको स्थानीयले बताए। नागरिकन्यूज अनलाईनबाट

Facebook Comments