Fri. Apr 19th, 2024

बालुवाटार प्रकरण: गच्छदार सहित १७२ जनाको नाममा किटानी जाहेरी दर्ता

काठमाडौं, २०७६ फागुण ४ गते आईतबार

 बालुवाटार स्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वउप्रधानमन्त्री विजय गच्छदार सहित १७२ जनाको नाममा किटानी जाहेरी दर्ता भएको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा आरोपित विरुद्ध ठगी मुद्दा दर्ता भएको हो ।

आइतबार सीआईबीले गृह मन्त्रालयको जाहेरी अनुसार औपचारिक रूपमा मुद्दा दर्ता गरेसँगै घटनाको बारेमा अनुसन्धान गर्न सजिलो भएको हो । पूर्व उपप्रधामन्त्री विजयकुमार गच्छदार सहित ४ पूर्वमन्त्री, ३ पूर्वसचिवसहित १७२ जना माथि मुलुकी ऐन, २०२० र मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा किटानी जाहेरी दिएको थियो ।

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा.बाबुराम भट्टराई नेतृत्व सरकारले नीतिगत निर्णय गरेको भन्दै अख्तियार विरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको थियो । गत शुक्रवार सर्वोच्च अदालतले रिट माथि सुनुवाइ गर्दै विपक्षी अख्तियारलाई १५ दिन भित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित रुपमा  कारण माग गर्न पेश गरिएको छ । जग्गा हत्याउन २०४९ सालमा ४८ जना, २०६१ मा २१ जना, २०६६ मा ६६ जना र २०६९ मा ३७ गरी १७२ जनाले किर्ते र ठगी गरेको भन्दै सीआईबीले आरोपितमाथि मुद्दा चलाउनुपर्ने राय गृहलाई दिएको थियो । नेपालपाटी अनलाईनबाट

Facebook Comments