Fri. Sep 20th, 2024

जापानका प्रधानमन्त्रीद्वारा चिनियाँ राष्ट्रपतिसमक्ष ‘गम्भीर चासो’ व्यक्त  

बैंकक, २०७९ मंसिर २ गते शुक्रबार । जापानका प्रधानमन्त्री फुमियो किशिदा र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बैंककमा भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री किशिदाले राष्ट्रपति सी समक्ष क्षेत्रीय सुरक्षाका मुद्दाहरूमा “गम्भीर चासो“ व्यक्त गर्नु भएको छ । त्यहाँ उहाँहरू बीच पहिलो आमनेसामने वार्ता भएको हो ।

“मैले सेन्काकु टापुहरू सहित पूर्वी चीन सागरको अवस्था, चीनबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपणलगायतका सैन्य गतिविधिहरूमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छु र मैले ताइवान स्ट्रेटको शान्ति र स्थिरताको महत्त्वमा जोड दिएको छु,“ किशिदाले पत्रकारहरू माझ भन्नु भएको छ । सिन्ह्वा

Facebook Comments