Sat. May 18th, 2024

प्रधानसेनापति र अमेरिकी राजदूतको भेट   

काठमाण्डौं, २०७९ कात्तिक १६ गते बुधबार । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डामा हिजो (मंगलबार) भएको भेटवार्तामा उहाँहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको छ ।

Facebook Comments