Fri. Oct 18th, 2024

दुईवटा प्रदेशको मतपत्र छपाइ सम्पन्न

काठमाण्डौं, २०७९ कात्तिक १ गते मंगलबार । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको प्रत्यक्ष प्रणालीतर्फ कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

दुई प्रदेशमा रहेका निर्वाचन क्षेत्रसहित अहिलेसम्म प्रत्यक्ष प्रणालीतर्फ प्रतिनिधि सभाको ३८ र प्रदेश सभाको ८० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको हो ।

यस पटक प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावलीमा कायम उम्मेदवारको निर्वाचन चिह्नमात्र समावेश गरी मतपत्र छपाइ भइरहेको छ । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक झन्डै २५ लाख मतपत्र छपाइ गरिरहेको जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै छपाइ भइ वितरण सुरु भइसकेको छ ।
३.अगुवा कार्यकर्ता भेलामा सत्ता गठबन्धनमा आबद्ध दलहरूले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा अवद्ध दलहरूलाई मतदान गर्न संयुक्त अपील गरेको छ ।

आज ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै गठबन्धनमा आवद्ध नेताहरुले गठबन्धनलाई भोट हाली जिताउन गठबन्धन आवद्ध दलका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूले हसिँया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताउनु भएको हो ।

आज ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गर्नु भयो । सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उहाँको भनाई थियो । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुबीच अविश्वासको वातावरण नरहेको भन्दै खुसी समेत व्यक्त गर्नु भयो ।

Facebook Comments