Sat. Oct 19th, 2024

शम्भु दङ्गाललाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार

काठमाण्डौं, २०७९ असोज ७ गते शुक्रबार । पत्रकार शम्भु दङ्गाल प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार दंगाललाई सो पुरस्कार प्रदान गरिएको हो ।

बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित वार्षिक प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले दंगाललाई रु. १० हजार नगदसहित प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गर्नुभएको हो ।

Facebook Comments