Sat. Jul 27th, 2024

नेपाल टेलिभिजन नयाँ युगमा प्रवेश : प्रधानमन्त्री ओली

काठमाडौं, २०७६ माघ १७ गते शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनको इटहरी प्रशारणको उद्घाटन गर्नुहुदै नेपाल टेलिभिजन नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको इटहरी प्रशारणको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट स्वीच अन गरेर शुक्रबार उद्घाटन गर्नुहँुदै नेपाल टेलिभिजन नेपाली नागरिकको पहलो टेलिभिजन भएको र यसको पाँचौ च्यानलको रुपमा इटहरी प्रशारण गरेकोमा बधाई दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट शुक्रबार मोवाइल एप मार्फत स्विच अन गरेर च्यानलको सुरुवात गर्नुभयो ।
परिक्षण प्रशारण शुरु गरेको १६ दिनपछि नेपाल टेलिभिजन स्थापनाको ३५ औ स्थापना दिवसको अवसरमा इटहरी च्यानलको नियमित प्रशारण शुरु भएको हो । च्यानलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले च्यानल संचालनमा सहयोग पुर्याउने जग्गादाता लगायतलाई धन्यवाद दिनुभयो ।

प्रम ओलीले प्रदेश १ को एतिहासिक स्थान विश्वको सबै भन्दा अग्लो शिखर सगरमाथा, सबै भन्दा होचो स्थान झापाको रहेको क्षेत्रमै पर्ने सुनसरीको इटहरीमा नेपाल टेलिभिजनको इटहरी प्रशासरणले प्रदेश १ र २ का जनताले सूचना, समाचार र सन्देश पाउने बताउनुभयो । प्राकृतिक, धार्मिक र औधोगिक नगरी इटहरीमा नेपाल टेलिभिजनको इटहरी प्रशारणले नेपालको समृद्धि, जनताको आशालाई उजागर गर्ने, सकारात्मक सन्देश प्रवाह गर्न सार्थक भुमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले नेपाल टेलिभिजन सहित नेपाली संचारमाध्यमले विकास, समृद्धि र नागरिकको सवालको विषयमा सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको बताउनुभयो ।
देशका विभिन्न स्थानमा भएका राम्रो काम, सन्देश र विकासको बारेमा जनातको माझमा लानका लागि मिडियाले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । देशमा राजनीतिक स्थिरता कायम भएकाले अव सरकारले शुसासन, विकासका लागि काम गरेकाले जनतामा आशाको संचार फैलाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले दुई वर्षदेखि धेरै राम्रो काम गरेको भए पनि केही मिडियाले नकारात्मक भ्रम फैलाएकाले नेपाल टेलिभिजन सहितको संचारमाध्यमले आशाबादी, सकारात्मक रुपमा सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपाल टेलिभिजन इटहरी प्रशारणको उद्घाटन समारोहमा संचार तथा सूचना प्रविध मन्त्री गोकुलप्रसाद बाँसकोटाले नेपाली संचारमाध्यमले आग्रह,पूर्वाग्रह, दुरभागबाट मुक्त भई काम गर्नुपर्ने बताउनुभएको छ । मन्त्री बाँसकोटाले मानव अधिकार, मौलिक अधिकारको रक्षा र संरक्षण गर्नका लागि सरकारले काम गरिहेको बताउनुभयो ।

उहाँले नेपाली संचारमाध्यममा बढी भ्रमका कुराहरू र देशमा केही नै विकास भएन भनेर निरासाजनक सन्देश दिने होड नै चलेकाले त्यसबाट जोगिएर यर्थात, सत्य, तथ्य, तटस्थ भएकार सूचना र समाचार प्रकाशन प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले मिडिया काउन्सिल सम्बन्धी विद्येयक विज्ञापन नीति तानाशाह नभई मिडिया र पत्रकारलाई व्यबसायिक, जिम्मेबार र उतरदायी बनाउनका लागि ल्याएको बताउनुभयो । वहाँले जनतामा सत्य सूचना पुग्न दिनुपर्ने र नाकारात्मकता मात्रै फैलाउने कार्य बन्द गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकार संविधान अनुसारको कानुन निर्माण गरेर नै छाडने विश्वास व्यक्त गर्नुभयो । संविधान अनुसारको कानुन निमार्ण आवश्यक भए पनि विवादमा ल्याउने कुरा केही मिडियाले गरेकोमा निन्दा गर्नुहुदै सरकारले सबैको कुरा सुन्न तत्पर रहेको रहेकाले आशंका र द्विविधा दिने खालको नभई सही , सत्य र तथ्य रुपमा प्रकाशन प्रशारण गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नयुभयो “ समाजलाई जिम्मेबार कि गैरजिम्मेबार बनाउने, असल समाज निर्माण गर्ने की खराव, देशलाई सहज सन्देश दिने की असहज सन्देश प्रवाह गर्ने मिडियाको हातमा रहेकाले त्यसमा गम्भिर हुन जरुरी रहेको छ ।” मन्त्री बाँसकोटाले देशको पहिलो टेलिभिजन नेपाल टेलिभिजनले तटस्थ, निष्पक्ष र तथ्यमा आधारित भएर काम गर्ने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । वहाँले विज्ञापन ऐन, मिडिया काउन्सिल उही हिउँदे अधिवेसनबाट पारित गर्ने समेत जानकारी दिनुभयो ।

उहाँले देशका ६६ जिल्लामा फोरजी सेवा सञ्चालन भएको र बाँकी जिल्लाहरुमा केही महिनामा पुग्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले आफूहरू सरकारमा आएपछि गोरखापत्रको प्रदेश प्रकाशन विराटनगरबाट सुरु गरेको, नेपाल टेलिभिजनको इटहरी प्रशारण सुरु भएको, विश्वलाई जोड्न चाडै अंग्रेजी माध्यममा नेपाल टेलिभिजनले प्रशारण गर्ने तयारी समेत भएको बताउनुभयो ।

त्यसैगरी मन्त्री बाँस्कोटाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्नु मुर्खतापुर्ण काम भएको बताउनुभएको छ । सञ्चारमन्त्री बाँस्कोटाले एमसीसीको विरोध गर्नेहरू अनुदानको विरोधी भएको बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका बाँस्कोटाले एमसीसीले सडक र ट्रान्समिसन लाइन मात्रै बनाउने स्पष्ट रहेको बताउनुभयो ।

अमेरिकी सेना आउने र परेड खेल्ने कुरा गलत भएको भन्दै मन्त्री बाँस्कोटाले एक क्लिक गरेरै समुन्द्र र आकाशबाट सेनाको काम हुने गरि प्रविधि विकाश भएकाले धेरै शंका नगर्न आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था समेत हटाउन लागेको जानकारी दिनुभयो । पत्रकारलाई जाच लिएर मात्र पत्रकारिता गर्न दिने बिषय अहिलेत् तत्काल सम्भव नहुने तर पत्रकारले लाइसेन्स परीक्षा लिनुपर्ने प्रावधान ल्याए राम्रो हुनेतर्क गर्नुभयो । परीक्षाको कुरा तत्कान नभएपनि समानुपातिक विज्ञापन र क्लिन फिड जसरी पनि लागू हुने उहाँको तर्क थियो । उद्घाटन समारोहमा बोल्दै नेपाल सरकारका सूचना, संचार तथा प्रविधिमन्त्री बाँस्कोटाले इटहरी च्यानलले पूर्वी भेगको जातजाति भाषा समुदायको खबर सम्प्रेषण गर्ने बताउनुभयो ।

वहाँले प्रदेश १ र २ लाई एउटै नयाँ युगमा प्रवेश गरेको बताउनुभएका फरक प्रसंगमा उहाँले प्रदेश २ को एक लाख २५ हजार हेक्टर क्षेत्रफलमा सिंचाईका लागि सुनकोशी नदिबाट नहर बनाउने बताउनुभयो ।

नेपाल टेलिभिजनको पाँचौ च्यानल एनटिभि इटहरीले औपचारिक प्रशारण सुरु भएको छ । विसं २०५५ सालमा इटहरीमा नेपाल टेलिभिजन स्थापना गर्न स्थानीय जुल्मिदेबी थरूनीले १० कट्ठा जग्गा निःशुल्क रुपमा प्रदान गर्नुभएको थियो ।

इटहरीको वार्ड नम्बर ७ स्थित बज्राह भन्ने ठाउँमा निःशुल्क १० कठ्ठा उपलब्ध गराएको २१ वर्षपछि टेलिभिजनको सुरुवात भएकोमा चौधरी परिवार समेत खुसी भएका छन । जुल्मीदेवी थरूनीले उपलब्ध गराएको जग्गामा इटहरीले टेलिभिजन स्थापनाको ३५ वर्षमा नेपाल टेलिभिजन इटहरी च्यानल पाएको हो ।

समारोहमा प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, राष्ट्रिय सभा सदस्य इन्दु गौतम, प्रदेश सभाका सदस्य सर्वध्वज साँवा, इटहरीका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, धरान प्रमुख तिलक राई, उपप्रमुख मन्जु भण्डारी, इनरुवा उपप्रमुख जमुना गौतम पोखरेल र नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्ट महाप्रबन्धक गोविन्द रोका लगायतको सहभागिता थियो । गोरखापत्र अनलाईनबाट

Facebook Comments