Sat. Jul 27th, 2024

चीनद्वारा तिब्बतको विषयलाई लिएर चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह

काठमाडौं, २०७६ माघ १५ गते बुधबार

अमेरिकी प्रतिनिधिसभाले जनवरी २८ तारिख दिउँसो तिब्बती नीति तथा समर्थन विधेयक २०१९ लाई पारित गरेको छ। चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले अमेरिकी गतिविधीले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियमको विपरीत चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर तिब्बत स्वतन्त्र शक्तिलाई गलत सन्देश दिएको भन्दै चीनले कडा विरोध गरेको बताउनु भयो ।

उहाँले तिब्बत विषय राष्ट्रिय र धार्मिक विषय होइन, साथै मानवअधिकारको विषय पनि होइन तर चीनको सार्वभौमिकता र भूभाग अखण्डताको महत्वपूर्ण नैतिक विषय हो भन्दै चीनको आन्तरिक मामिलाको हस्तक्षेप गर्ने लगायत गलत कुरा रोकेर चीन-अमेरिका आपसी विश्वास र सहयोगलाई हितयुक्त कुरा बढी गर्न अमेरिकालाई आग्रह गरेको बताउनुभयो।

Facebook Comments