Sat. Oct 19th, 2024

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक

काठमाण्डौं, २०७९ भदौं २० गते सोमबार । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ । नेकपा एकीकृत समाजवादीका सचिवसमेत रहनु भएका राईकी आमा धनकुमारी राईको आज बिहान १०:२० बजे निधन भएको हो । स्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई हेलिकोप्टरमार्फत भोजपुरबाट उपचारका लागि विराटनगर ल्याईएको थियो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा ८४ वर्षको उमेरमा उहाँको आज विहान निधन भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

धनकुमारी राईको स्थायी बसोबास भोजपुरको षडानन्द नगरपालिका ११, झ्याउँ पोखरी हो । भोजपुरको तिम्मा गाउँमा वि.सं. १९९५ मा जन्मिनु भएकी धनकुमारीको मुख्यमन्त्री राजेन्द्रकुमार सहित तीनजना छोरा, एकजना छोरी र श्रीमान हुनुहुन्छ ।

Facebook Comments