Sat. May 18th, 2024

डेङ्गुका बिरामीले छत्रपाटी अस्पतालका सबै बेड भरिए

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं १० गते शुक्रबार । काठमाडौंको छत्रपाटीस्थित छत्रपाटी निःशुल्क अस्तपतालका सबै बेड डेङ्गुका बिरामीले भरिएका छन् । २५ वटा बेड भएको सो अस्पतालका सम्पूर्ण बेड भरिएको र उपचारमा आउने २० जनाभन्दा धेरै बिरामीको त्रिपाल टाँगेर उपचार भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भ्वाईस अफ काठमाण्डौंलाई जानकारी दिनुभयो ।

डा. श्रेष्ठका अनुसार हाल सो अस्पतालका झण्डै ३० जना चिकित्सक र स्वयंसेवकहरू उपचारमा संलग्न रहेका छन् । समयमै उपचार गरे डेङ्गु रोगबाट बच्न सकिने तर हेलचेक्र्याइँ गरे बिरामीको ज्यानसमेत जाने हुनाले डेङ्गु रोगबाट बच्न र सचेत रहन डा. श्रेष्ठले आग्रह गर्नुभएको छ ।

Facebook Comments