Sat. Oct 19th, 2024

अमेरिकाले नेपाललाई २ अर्बको खाद्य सहयोग गर्ने

काठमाण्डौं, २०७९ भदौं ६ गते सोमबार । अमेरिकाले नेपाललाई करिब २ अर्ब बराबरको खाद्य अनुदान सहयोग गर्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै खाद्य संकट समाधान गर्न १ करोड ५० लाख डलर अर्थात करिब १ अर्ब ९० करोड रुपैयाँ अनुदान दिने जानकारी गराएको हो ।

विश्वव्यापी खाद्य संकट समाधान गर्न अमेरिकी सरकारले २ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको अनुदान सहायता घोषणा गरेको थियो । सोही सहायताको अंश नेपालले समेत प्राप्त गर्ने दूतावासले जनाएको छ ।

अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी)मार्फत नेपालले यो अनुदान पाउने भएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले जर्मनीमा भएको जी ७ नेताहरूको सम्मेलनका क्रममा सहायता घोषणा गर्नुभएको थियो ।

Facebook Comments