Fri. May 17th, 2024

कोरोना भाइरस महामारीको विरुद्धमा दृढतापूर्वक उ हान शहरमा लडिरहेका चिनिया जनता-फोटो फिचर

काठमाडौं, २०७६ माघ १३ गते सोमबार
कोरोना भाइरसको त्रासका कारण चीनको मध्य भागमा पर्ने उहान शहर अहिले सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन्। विमानस्थलदेखि पानी जहाज अनि रेलवे स्टेसनसम्म बन्द छन्।

वसन्त चाडको खुशी साट्नु पर्ने समयमा उ हान शहरका जनता ऐले घरभित्रै मृत्युसँग कठोर संघर्ष गरिरहेका छन् ।

चिनिया कम्युनिष्ट पार्टीको निर्देशनमा चीन सरकारका विभिन्न निकायहरु दृढतापूर्वक जनताको जीवन रक्षाका लागि अहोरात्र उ हान लगायतका विभिन्न शहर तथा क्षेत्रमा क्रियाशिल छन् । पैचिंग, सांघाई, सछुवान, फुचिआन, नानचिंग लगायतका विभिन्न शहर अनि प्रान्तका स्वास्थ्यकर्मी तथा चिनिया जनमुक्ति सेना जीवनको प्रभाव नगरी उ हानका जनताको रक्षाका लागि कडा संघर्ष गरिरहेका छन् ।

यत्तिवेला चीनमा विगतमा भन्दा अझ वलियो राष्ट्रिय एकता देखिएको छ, जुन एकताको वल अनि चीनका राष्ट्राध्यक्ष सि चिन फिंगको कुशल नेतृत्वमा चाँडै नै चिनिया जनताले कोरोना भाइरसलाई जरैदेखि निमूल गर्नेछन् भन्ने हामीलाई विश्वास छ ।

भ्वाईस अफ काठमाडौं परिवार चिनिया जनताको विपत्तीमा उनीहरुसँगै रहेको जानकारी गराउँदै प्रत्येक चिनिया दाजुभाइ तथा दिदीबहिनीहरुको मुहारमा छिट्टै खुशीयाली छाओस् भनि भगवानसँग प्रार्थाना गर्दछ ।

नेपाल-चीन मैत्री अमर रहोस् ।।।

 

फोटोः सिन्ह्वा

Facebook Comments