Sat. Oct 19th, 2024

चीनका परराष्ट्र मन्त्री वाङ यीद्वारा थाइवान मामिलाबारे स्पष्ट अडान

काठमाण्डौं, २०७९ साउन २१ गते शनिबार । राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अगष्ट ५ तारिख दिउँसो कम्बोडियाको राजधानी नोमपेन्हमा पूर्वी एसियाबीचको सहयोग सम्बन्धी अनेकन् परराष्ट्र मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएपछि चीन र विदेशका सञ्चार माध्यमहरुका लागि पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

वाङ यीका अनुसार, चीनले गरेको कडा विरोध तथा बारम्बारको कुराकानीकाम बावजुद अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीबाट थाइवान क्षेत्रको भ्रमण हुनुले चीनको सार्वभौमिकतामाथि गम्भीर उल्लंघन र चीनको आन्तरिक मामिलामाथि गम्भिर हस्तक्षेप भएको छ। जसले अमेरिकाले दिएको वचनवद्धताको गम्भीरतापूर्वक  विपरीतार्थक हुँदै  थाइवान जलडमरुको शान्ति र स्थिरतालाई गम्भिर क्षति पुर्‍याइएको छ। चीनले अवश्य नै त्यसको कडा प्रतिक्रिया दिनुपर्छ।

वाङ यीले एक सय भन्दा बढी मुलुकहरुले एक मात्र चीन नीतिको अटलताका साथ पालना गर्ने दोहर्‍याएका छन् भन्दै संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले संयुक्त राष्ट्र संघ, महासभाको २७५८ औं नम्बरको निर्णय प्रस्ताव अर्थात् एक मात्र चीनको नीतिमा अडिग रहने कुरामा जोड दिएको बताउनुभयो। सीआरआई

Facebook Comments