Sat. Oct 19th, 2024

अमेरिकी सभामुख ताईवानमा, भ्रमणबारे आक्रोस व्यक्त गर्दै चीनले अमेरिकी राजदूतसमक्ष विरोध जनायो

काठमाण्डौं, २०७९ साउन १८ गते बुधबार । अमेरिकाका तल्लो सदनका सभामुख न्यान्सी पेलोसी चीनको कडा चेतावनीका बाबजुद हिजो मंगलबार राती ताइवानको राजधानी ताईपेइ पुग्नु भएको छ ।

उहाँले आज बुधबार बिहान राष्ट्रपति साई इङ्ग-वेनलाई भेट्ने र त्यसपछि खाजा खाएपछि बाहिर उड्ने ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीले जनाएको छ।

राष्ट्रपति बाइडेनको समर्थन नभएको यो यात्रा २५ वर्षमा यति उच्च अमेरिकी अधिकारीको पहिलो यात्रा हो । यसैबीच चीनको विदेश मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएर भ्रमणको कडा रुपमा विरोध गरेको छ । चीनले भनेको छ, अब पैचिङ चुपचाप बस्दैन । चिनियाँ सेनाले भोली बिहीबारदेखि आइतवारसम्म ताइवान वरपरका क्षेत्रमा सैन्य अभ्यास गर्ने चीनका सरकारकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

तर पेन्टागनका प्रवक्ता जोन किर्बीले अमेरिकाले यथास्थितिलाई समर्थन गर्ने कुरामा जोड दिँदै यस भ्रमणलाई संकटमा परिणत गर्नुपर्ने आवश्यकता नरहेको अमेरिकाले बताएको वीवीसीले जनाएको छ ।

Facebook Comments