Sat. Oct 19th, 2024

सर्वोच्च अदालतद्वारा १३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान

काठमाण्डौं, २०७९ असार ३० गते बिहीबार । सर्वोच्च अदालतले १३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको सम्मान प्रदान गरेको छ । बुधबारको पूर्ण बैठकले कानुन व्यवसायी परिषद् ऐन २१ बमोजिम उपाधि प्रदान गरेको हो । ०७४ सालदेखि उपाधि प्रदान हुनसकेको थिएन । ०७६ माघबाट उपाधि दिने प्रक्रिया थालनी भए पनि विभिन्न कारणले रोकिएको थियो ।

अदालतले यो पटक २०४३ सालदेखि २०५१ सम्म प्रमाणपत्र लिएका कानुन व्यवसायीलाई उपाधिमा समेटिएको छ । जसमा एक हजार ५८२ देखि अन्तिम पाँच २०७ नम्बरसम्म प्रमाणपत्र लिएका कानुन व्यवसायी छन् । कम्तीमा ५० वटा फैसलामा नाम र कर तिरेको प्रमाणपछि अदालतले उपाधि दिएको हो । नयाँ उपाधिसँगै अब वरिष्ठको उपाधि पाउने करिब ६०० हाराहारीमा कानुन व्यवसायी पुगेका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले एक साताअघि बारका पदाधिकारीसँग साताभित्रै उपाधिबारे निर्णय गर्ने आश्वासन दिनुभएको थियो ।

Facebook Comments