Sat. Oct 19th, 2024

सीपीसीका विदेश विभाग प्रमुख र नेमकिपा अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता

काठमाण्डौं, २०७९ असार ३० गते बिहीबार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र चिनियाँ कम्युनिस्ट पार्टी  (सीपीसी)का विदेश विभाग प्रमुख लिउ चियन्चाओबीच बुधबार साँझ भक्तपुरमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्तामा चीन र नेपालको मित्रवत् सम्बन्धबारेमा छलफल भएका नेमकिपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो।

उहाँले भेटबारे जानकारी दिँदै नेपाल र चीनको सम्बन्ध, नेपालको राजनीतिक परिवेश र नेपालसँगको  मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउनेबारेमा छलफल भएको थियो।

 नेपाल चीनको असल र निकट मित्र रहेको तथा नेपालमा चिनियाँ विरोधी गतिविधि हुन नदिन सरकार सचेत हुनुपर्नेबारेमा छलफल भएको बताइएको छ। रासस

Facebook Comments