अत्यधिक गर्मी बढेपछि शुक्लाफाँटा नगरपालिका– ६ कसरौल जाने सडकमा निर्माण गरिएको पिपल चौतारीमा थकाई मार्दै बटुवा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
काठमाण्डौं, २०७९ असार ६ गते सोमबार ।
१. वरिष्ठ नेता पौडेलको निरीक्षण
तनहुँको भानु नगरपालिका–११ स्थित ढाडखोलामा आएको बाढीले पुर्याएको क्षतिको सोमबार निरीक्षण गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्वीर : कृष्ण न्यौपाने, रासस
२. मेलम्ची क्षेत्रमा पूर्व सूचना प्रणाली (साइरन)
मनसुनको समयमा हुन सक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आर्थिक वर्षमा मेलम्ची नगरपालिकाको तालामाराङ्ग, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको पूर्व सूचना प्रणाली (साइरन) को अवस्था परीक्षणको कार्य सम्पन्न भएको छ । यसबाट मनसुनको समयमा हुन सक्ने सम्भावित विपत्को जोखिम र जनधनको क्षतिलाई कम गर्न सकिने बताइएको छ । तस्बिर : देवराज सुवेदी/रासस
३. कोदोको बीउ उखेल्दै किसान
बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा कादो रोप्नका लागि बीउ उखेल्दै किसान । यहाँका किसानलाई पानी परेपछि कोदो रोप्ने चटारो छ । तस्बिर ” खेमराज गौतम/रासस
४. रोशी किनारमा डम्फू निर्माण गरिँदै
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११स्थित रोशी नदी किनारमा तामाङ समुदायको डम्फू जिवन्त सङ्ग्रहालयमा आठ दशमलव पाँच मिटर डायमिटरको डम्फू निर्माण गरिँदै । रु ११ करोड लागतमा निर्माण हुने सङ्ग्रहालयमा पुस्तकालय, तामाङ संस्कृति झल्कने सामग्री प्रदर्शनी भवन तथा वनभोज स्थल निर्माण गरिने छ । तस्वीर : राजकुमार पराजुली, रासस
५. धानखेतमा क्षति
सङ्खुवासभाको खाँदबारी नगरपालिका-६ कल्छे बेशीमा आएको बाढी र पहिरोले पुरेको धानखेत । पहिरोले पाक्न लागेको धान पुरिँदा किसान मर्कामा परेका छन् । तस्वीर :भविन कार्की, रासस
६. चौतारीमा थकाई मार्दै बटुवा
अत्यधिक गर्मी बढेपछि शुक्लाफाँटा नगरपालिका– ६ कसरौल जाने सडकमा निर्माण गरिएको पिपल चौतारीमा थकाई मार्दै बटुवा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
७. पुरस्कृत पत्रकारहरु
जिल्ला समन्वय समिति म्याग्दीद्वारा सोमबार विकास पत्रकारिता पुरस्कारबाट जनही नगद रु. दश हजार सहित पुरस्कृत राससका समाचारदाताहरु कमल खत्री, ध्रुबसागर शर्मा तथा पत्रकारहरु हरिकृष्ण गौतम, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्का सामूहिक तस्वीर लिँदै । तस्वीर : सन्तोष गौतम/रासस
८. पुलमा क्षति
सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिका जोड्ने मोटरेवल पुलमा लगातारको वर्षापछिद्ध आएको बाढीले क्षति पुगेको छ । । तस्वीर : भविन कार्की, रासस
९. नेकपाका महासचिव विप्लव
कार्यकर्तालाई प्रशिक्षण दिन जुम्ला पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ । जुम्ला सदरमुकाम खलङ्गामा सोमबारबाट सो पार्टीको प्रशिक्षण हुने भएको छ । तस्बिर :विजय रावत/रासस