Fri. Oct 18th, 2024

पदभार सम्हालेलगत्तै मेयर बालेन्द्र शाह र प्रधानसेनापतिबीच भेट

काठमाण्डौं, २०७९ जेठ १७ गते मंगलबार । काठमाण्डौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले प्रधानसेनापतिसँग भेटवार्ता गर्नुभएको छ । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा मै पुगेर मेयर शाहले भेट गर्नुभएको हो ।

मेयर पदको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग शाहले भेटवार्ता गर्नुभएको हो । भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको थियो। साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभयो ।

भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सो भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमती भएको खवर रिपोटर्स नेपाल अनलाईनले लेखेको छ ।

Facebook Comments