Fri. Apr 24th, 2026

सङ्क्रमणकालीन न्यायका लागि रु. एक अर्ब ४० करोड विनियोजन   

       

काठमाण्डौं,  ०७९ जेठ १६ गते सोमबार। सरकारले सङ्क्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा सङ्क्रमणकालीन न्याय अवयवहरू सत्य अन्वेषण, न्याय र परिपूरणका लागि रु एक अर्ब ४० करोड विनियोजन गरेको उल्लेख छ ।

“शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गरिने छ”, बजेटमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि विभिन्न राजनीतिक आन्दोलन र जनयुद्धमा सहभागी भई महत्वपूर्ण योगदान गर्ने योद्धाहरूलाई लोकतान्त्रिक सेनानीका रूपमा सम्मान गरिनेछ ।”

न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रविधिमैत्री, विकासमैत्री प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्य पूरा गर्न समग्र न्याय प्रणालीको सुदृढीकरण एवं क्षमता विकास गरिने बजेटमा उल्लेख छ ।

Facebook Comments