Sat. Apr 27th, 2024

गुराँसेका कृषकले ३६ लाखको किबी बेचे: गोरखापत्र

सल्यान, २०७६ माघ ६ गते सोमबार

पोहोरसम्म छिमेकी जिल्लाबाट कोशेलीको रुपमा किबी बोकेर आउने सल्यानका छत्रेश्वर गाउँपालिकाको कोदो फल्ने बारीमा किबी फल्न थालेको छ । सल्यानको छत्रेश्वरी गाउँपालिका २ गुराँसेका कृषकहरु ब्यवसायिक किबी खेतीमा अग्रसर बन्न थालेका छन् ।

यहाँ कृषकहरुले मकै, आलु लगायतका खाद्यन्नबाली लगाउन छोडी किबी खेती गरेका हुन् । परम्परागत खेतीमा मेहनत धेरै भएपनि आम्दानी कम हुने भएपछि किबी खेती सुरु गरेको ढाकबहादुर योगीले बताउनुभयो । उहाँका अनुसार परीक्षणको रुपमा सुरुमा थोेरै किबीको वोट रोप्नु भएको थियो । बारीमा अहिले ३५ रोपनी क्षेत्रफलमा झन्डै ७ सय बिरुवा किबी रहेका छन् ।

यहाँका रहेका ८ ० कृषकहरु मध्ये २२ कृषकहरु ब्यवसायिक किबी खेती गरी रहेका छन् । यहाँ गाउँभरी ४ हजार २ सय वेर्ना रोपिएको चित्रवहादुर केसीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष थप ४ हजार वेर्ना रोप्ने तयारी कृषकले गरेका छन् ।

गुराँसे गाउँमा अहिले किवि किनेर लैजान ब्यापारीहरु गाउँमै पुग्ने गरेका छन् । अघिल्नो वर्ष भन्दा यो वर्ष किविको माग वढेको छ । राम्रो उत्पादन भएपछि बजारको समस्या नहुने हिरालाल योगीले वताउनुभयो । उहाले २० रोपनी क्षेत्रफलमा किबि खेती गर्नु भएको छ । किबी प्रतिबोट ५० केजीसम्म फल फल्ने गरेको छ । किबीको बिरुवा प्रतिगोटा ३ सय र फल प्रतिकिलो ४ सय रुपैयाका दरले बिक्री भई रहेको कृषक जलेश्वर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन, दाङ, नेपालगञ्ज र वुटवलवाट किविको माग आईरहेको छ । यहाँ डेलिसिय, हेर्याड, मुन्ङकी, वुर्नो जातका किबीका वेर्ना राखिएको अगवा कृषक तेजवहादुर योगीले जानकारी दिनुभयो ।

किबी विक्री गरेर ३६ लाख आम्दानी

गुराँसे गाउँवाट ८० क्वीन्टल किबी विक्रि भएको छ । प्रति किलो ४ सय ५० रुपैयाका दरले विक्रि गरेका कृषकले ३६ लाख रुपैयाँ आम्दानी गरेका छन् । यहाँका अगुवा कृषक तेजवहादुर योगीले ३५ रोपनी जग्गामा किबी खेती गर्नु भएको छ । यो वर्ष २४ क्वीन्टल किबी विक्रि गरेर १० लाख ३५ लाख आम्दानी गरेको उहाले जानकारी दिनुभयो ।

सल्यानवाट निर्यात हुने किबी मध्ये ९५ प्रतिश किवि गुराँसेमै उत्पादन हुने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले वताउनुभयो । उहाले भन्नुभयो ब्यवसायीक किबी खेती भएको गुराँसे क्षेत्रमा मात्र हो ।

किबी पकेट क्षेत्रको रुपमा विकास गरिने

जिल्लामा २०७२ ⁄०७३साल यता किबी खेति सुरु भएको हो । हाल सम्म ४ हजार २ सय वेर्ना लगाइएको छ । यस मध्ये १ हजार ७ सय वेर्नाले उत्पादन दिएका छन भने बाँकीले दुई वर्ष भित्र उत्पादन दिने छ न । छत्रेश्वरी गाउँपालिका २ गुराँसेलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्ने कर्णाली प्रदेश सरकारले कृषि विकास कार्यालय सल्यान मार्फत कार्यक्रम अघि वढाएको छ । १० हेक्टर क्षेत्र फल किबी खेति विस्तार गरिने कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम वस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार यसै आर्थिक वर्षमा सुरु भएको किवि पकेट क्षेत्र कार्यक्रममा किविका बेर्ना, मल, ठ्याङग्रोका लागि आवश्यक पर्ने पोल, कृषि प्राविधिक सहयोग गरिने छ । यो वर्ष १० लाख वरावरको रकम समेत विनियोजन भएको छ ।

Facebook Comments